अन्तिम समयमा घटेर बन्द भयो सेयर बजार, २१ अर्ब ४६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २.८७ अंकले घट्दै २,८६७.७६ बिन्दुमा अडिएको हो।

दिनको सुरुवातमै हरियाली देखिएको बजार कारोबार अवधिमा २,९२२.८४ बिन्दुसम्म उक्लिए पनि अन्तिम समयमा भने गिरावट देखियो। अघिल्लो बिहीबार नेप्से ७५.८४ अंकले बढेर २,८७८.७७ बिन्दुमा पुगेको थियो। त्यसअघि लगातार दुई दिन बजार ३४/३४ अंकले उक्लिएको थियो।

सूचकमा सामान्य गिरावट देखिए पनि आइतबारको कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो बिहीबारको १६ अर्ब ३० करोडको तुलनामा झण्डै ५ अर्ब बढी हो।

दिनभरको कारोबारमा १०५ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, थप तीन कम्पनीको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

बजारमा हाल उत्साह र सतर्कता दुबै देखिएको विश्लेषकहरूको भनाइ छ। सूचकमा घटबढ भए पनि लगानीकर्ताको सक्रियता भने उच्च देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।