समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा, १:१ स्वाप रेसियोमा एकीकृत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। दुई वित्तीय संस्थाबीच १ बराबर १ को स्वाप रेसियोमा मर्जर सहमति भएको छ।

आइतबार बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित एक समारोहका बीच दुवै कम्पनीका प्रतिनिधिहरूले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

मर्जरपछि बन्ने एकीकृत संस्थाको सञ्चालक समितिमा समृद्धिबाट ४ जना र पोखराबाट ३ जना सदस्य रहनेछन्। एकीकृत कम्पनीको अध्यक्ष पनि समृद्धि फाइनान्सबाट चयन गरिने छ।

मर्जर प्रक्रियाले दुवै कम्पनीको पुँजी, सेवा सञ्जाल र प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र आवश्यक प्रक्रिया पूरा गरेपछि मर्ज प्रक्रिया औपचारिकरूपमा कार्यान्वयनमा आउनेछ।

यस मर्जरलाई वित्तीय क्षेत्रमा संस्थागत सुदृढीकरणको दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।