काठमाडौं । देशका अरू केही स्थानजस्तै आइतबार काठमाडौंमा पनि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । दिउँसोतिर काठमाडौंका एक/दुई स्थानमा ‘भारी’ र धेरै भारी पनि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
Comment