भुटानको पोस्टमा नेपालको ८ गोल, उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि एकतर्फी प्रदर्शन गर्दै ८-० को सानदार जित हात पारेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानी टोलीलाई कुनै मौका नदिँदै हराएको हो।

नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

यसअघि नेपालले भुटानसँगको पहिलो खेलमा पनि ६-१ को सहज जित निकालेको थियो। प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा भइरहेको छ, जहाँ आयोजक बंगलादेश, नेपाल, भुटान र श्रीलंका सहभागी छन्।

नेपालले श्रीलंकाविरुद्ध दुई खेलमा ७-० को समान अन्तरले जित दर्ता गरिसकेको छ। तर, बंगलादेशसँगको पहिलो भेटमा नेपाल ३-२ ले पराजित भएको थियो। अब नेपालले सोमबार पुनः बंगलादेशसँग खेल्नेछ।

नेपालले हालसम्म ६ खेलबाट १२ अंक जोडेको छ, जबकि ३ खेलमात्र खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ। सोमबारको खेल प्रतियोगिताको शीर्ष स्थानको लागि निर्णायक हुने देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।