राप्रपा टोली अख्तियार पुग्यो: सबै फाइलको छानबिन गर्न लिङदेनको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा दिनानुदिन बढ्दै गएको भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी पहल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ध्यानाकर्षण गराएको छ । शुक्रबार आयोगमा बुझाइएको ज्ञापनपत्रमा राप्रपाले ‘भ्रष्टाचारको छानबिन र कारबाही अपरिहार्य’ भएको उल्लेख गर्दै संस्थागत सुधार र भ्रष्टाचार निवारणमा सरकार पूर्ण असफल भएको आरोप लगाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘केन्द्रदेखि स्थानीय तहसम्मको सर्वसाधारण जनताको दैनिक जीवनमा परेको प्रभाव झल्काउने गरी भ्रष्टाचार व्याप्त छ, जसले गर्दा विदेशमा पनि नेपालको छवि नकारात्मक बनेको छ।’

ज्ञापनपत्रमा ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट उद्धृत गर्दै नेपाललाई भ्रष्टाचार सूचकांकमा १८० राष्ट्रमध्ये ११७औं स्थानमा राखिएको तथ्यलाई गम्भीर चासोका रूपमा लिएको छ ।

राप्रपाले चर्चित भ्रष्टाचारकाण्डहरूको निष्पक्ष छानबिन र दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै केही घटनाहरूको सूची समेत प्रस्तुत गरेको छ । सुकुम्बासी घोटाला, ललिता निवास, बाइडबडी, क्यान्टोमेन्ट, ओम्नी, एनसेल लगायतका मुद्दाहरुमाथि छानबिन गर्न माग गरेको हो ।

त्यस्तै, पछिल्लो समय चर्चामा रहेका नकली भुटानी शरणार्थी प्रकरण, महाकाली ठगी, रेड सिमेन्ट जस्ता निर्माण सामग्रीमा अनियमितता, तथा मनोहरिमा सञ्चालित विद्युतीय भिसा प्रणाली लगायतका विषयमा पनि गम्भीर ध्यान दिन र कारबाही प्रक्रिया अघि बढाउन राप्रपाले जोड दिएको छ।

पत्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मनमोहन मेडिकल कलेज, चिनियाँ विमान खरिद, खरिद कृषि अनुदानको दुरुपयोगलगायतका विषयहरू पनि उल्लेख गर्दै यस्ता काण्डहरूलाई तत्काल छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेता कार्यकर्ता टंगाल पुगेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।