नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औं इन्जिनियर दिवस विविध कार्यक्रमसहित मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इञ्जिनियर्स एसोसियसनले आगामी श्रावण २ र ३ गते ललितपुरस्थित ‘द प्लाजा’ मा ६३औँ इन्जिनियर दिवसको विशेष समारोह आयोजना गर्न लागेको छ। ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको तयारी पुरा भएको एसोसियसनले श्रावण १ गते प्रेश विज्ञप्ति मार्फत जानकारी गराएको छ।

श्रावण २ गते बिहान १० बजेदेखि पाँचवटा प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् जसमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, जलवायु, र अर्थतन्त्र लगायतका विषयमा नीतिगत तथा प्राविधिक बहस हुनेछ। यी सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिवहरूले गर्नेछन् भने विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इञ्जिनियर, आर्किटेक्ट र निजी क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहनेछ।

कार्यक्रमको दोस्रो दिन श्रावण ३ गते दुई प्राविधिक सत्रहरू आयोजना गरिनेछ। यी सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको जिम्मेवारी, राष्ट्रिय बजेट २०८२/८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारमा प्राथमिकताका विषयमा छलफल हुने बताइएको छ।

सोही दिन दिउँसो ३ बजे मुख्य समारोह सुरु हुनेछ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। साथै उपप्रधानमन्त्री, मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, महानिर्देशक, प्राधिकरण तथा संस्थानका प्रमुखहरू, सम्बन्धित निकायका उच्चपदस्थ अधिकारीहरू र विशिष्ट व्यक्तित्वहरू कार्यक्रममा उपस्थित हुनेछन्।

नेपाल इञ्जिनियर्स एसोसियसनले विभिन्न ९ विधामा विशिष्ट योगदान गर्ने इन्जिनियर र आर्किटेक्टहरूलाई सम्मान गर्नेछ। साथै इन्जिनियर दिवसको अवसरमा यस वर्ष ‘जब पोर्टल’ पनि सुरु गर्न लागेको जानकारी दिइएको छ।

६३ वर्ष लामो इतिहास बोकेको नेपाल इञ्जिनियर्स एसोसियसनले ‘Engineers and AI: Creating Impact’ नारासहित नयाँ प्रविधि, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स  लाई इन्जिनियरिङ्गसँग जोडेर नेपालको समृद्ध भविष्य निर्माणमा इन्जिनियरहरूको भूमिका अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरेको एसोसियसनका उपमहासचिव तथा ६३ औँ इन्जिनियर दिवस आयोजक समितिका संयोजक ईन्जिनियर अनिल मानन्धरले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।