राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबिच एकता आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ। वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै अब पार्टी एकीकरण गर्ने निर्णय गरेको हो।

राजनीतिक दर्शन, सिद्धान्त र कार्यक्रममा सहमति भएर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने उद्देश्यले दुवै पार्टीका शीर्ष नेताहरूले लामो समयसम्म छलफल गरी समझदारी गरिसकेका थिए। यही समझदारीलाई अनुमोदन गर्दै बैठकले औपचारिक रूपमा एकता अघि बढाउने निर्णय गरेको हो।

नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको एकता सभामा पार्टीका सबै कमिटीलाई अनिवार्य सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने छन्।

विसं २०७७ मा तत्कालीन एमालेबाट छुट्टिएर स्थापना भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए। तर अब लामो समयको प्रयास र छलफलपछि यी दुई पार्टीबीच ऐतिहासिक एकता हुँदैछ। पार्टी अध्यक्षको मर्यादामा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र अध्यक्ष गौतमको क्रम मिलाइएको छ।

यस पार्टी एकीकरणले नेपालको कम्युनिष्ट आन्दोलनलाई अझ बलियो र समन्वित बनाउने विश्वास व्यक्त गरिएको छ। नयाँ एकताको यो यात्रा राजनीतिक स्थिरता र समृद्धिको दिशामा महत्वपूर्ण कदम हुनेछ भन्ने आशा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।