श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब १९ हजार ५५० पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिश अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पारिश्रमिक दर स्वीकृत गरेसँगै देशभरका श्रमिकले अब मासिक रुपमा १९ हजार ५५० रुपैयाँ पाउने भएका छन्। यस पारिश्रमिकमा १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महंगी भत्ता समावेश छ।

सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा यो निर्णय गरिएको हो भने चियाबगान क्षेत्र भने यस निर्णयबाट अलग गरिएको छ। नयाँ दर अनुसार श्रमिकले दैनिक रुपमा ७६४ रुपैयाँ पाउनेछन्, जसमा ४७० रुपैयाँ आधारभूत र २८४ रुपैयाँ भत्ता समावेश छ। यस्तै, प्रतिघण्टा पारिश्रमिक सामान्य श्रमिकका लागि १०१ रुपैयाँ तोकिएको छ भने आंशिक समय काम गर्ने श्रमिकका लागि १०७ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो, जसमा १० हजार ८२० आधारभूत तलब र ६ हजार ४८० भत्ता समावेश थियो। श्रम ऐन २०७४ को दफा १०६ को उपदफा १ अनुसार सिफारिश गरिएको नयाँ पारिश्रमिक साउन १ गतेदेखि लागू हुने निर्णय गरिएको हो। यस निर्णयले मुलुकभरका लाखौं श्रमिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।