आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ साउन २ गते, शुक्रवार, १८ जुलाई २०२५। श्रावण कृष्णपक्ष अष्टमी सप्तमी तिथि, १५ः४२ बजेपछि नवमी। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।
आजको राशिफल
मेष : धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ ।
बृष :पहिलो घरको चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतारमा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ ।
मिथुन : खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितीसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने योग छ ।
कर्कट : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । विरोधीहरु पराजित हुनेछन् । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ ।अनावश्यक खर्च बढ्न सक्नेछ ।
सिंह : कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल रहनेछ । पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
कन्या : परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ ।
तुला : स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ ।
वृश्चिक : तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरितलिंगीका साथीको लाखि खर्च बढ्नेछ । आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ।
धनु : तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशील भएर कार्य गर्न कठिन हुने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ ।
मकर: सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ ।
कुम्भ : आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ।
मीन :आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment