‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा नैतिकको ख्याल गर्नुपर्छ, नेतृत्व हस्तान्तरण गर्न सकिँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्ताका क्रममा ओलीले भण्डारीको एमालेमा पुनरागमनबारे घुमाउरो भाषामा असन्तोष व्यक्त गरेका हुन् ।

उनले भने, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन ।’ ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए । ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’

गत असार १४ गते ओली नै उपस्थित भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै अब एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।