काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिने नेप्से ७५.८४ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.७१ प्रतिशतले बढेर २,८७०.६२ विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम बढेर १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार रकम पनि पाँच महिनायताकै उच्च हो । नौ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसअघि भने २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । गत वर्षको साउन ३१ मा सेयर बजारमा कुल २९ अर्ब ३० करोडको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको थियो ।।
Comment