मन्त्रीहरूको घुस प्रकरणमाथि कलाकार दीपकराज गिरीको व्यङ्ग्य : ‘अब त तालिम दिनुपर्ला’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार दीपकराज गिरीले पछिल्लो समय सार्वजनिक भएका मन्त्रीहरूका घुस काण्डमाथि कडा व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत गिरीले मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्ने अवस्था आएको बताएका छन्।

गिरीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोपक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला।’

उनको यो टिप्पणी हालै घुस प्रकरणमा मुछिएका दुई मन्त्री — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि केन्द्रित छ। गुप्ताले घुस प्रकरण सार्वजनिक भएपछि राजीनामा दिइसकेका छन् भने अधिकारी अझै विवादमा छन्।

दीपकराज गिरीको यो व्यङ्ग्यलाई सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया मिलिरहेको छ। उनका समर्थकहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाएको भन्दै समर्थन जनाएका छन् भने केहीले कलाकारहरूले यस्ता सामाजिक विषयमा चासो दिनु आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

नेपालमा राजनीतिक नेतृत्वमाथि बारम्बार भ्रष्टाचारको आरोप लागिरहँदा, गिरीजस्ता चर्चित कलाकारहरूका व्यङ्ग्यात्मक भनाइले सार्वजनिक चेतना र बहसलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।