काठमाडाैं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ। निर्माण पक्षले फिल्मको पहिलो झलक (फस्टलुक) पोस्टर सार्वजनिक गर्दै आगामी चैत १३ गते फिल्म प्रदर्शन हुने जानकारी दिएको हो।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मका निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन्। निर्माण टिमले सार्वजनिक गरेका तीनवटा पोस्टरमध्ये दुईवटामा प्रमुख कलाकार मुकुन ढकाल र सुरक्षा पन्त मात्र देखिन्छन् भने तेस्रो पोस्टरमा फिल्मका अधिकांश मुख्य कलाकारहरू देख्न सकिन्छ। पोस्टर हेर्दा फिल्म कमेडी विधामा आधारित रहेको संकेत मिलेको छ।
फिल्ममा सुरक्षा र मुकुनसँगै विल्सन विक्रम राई, नारायण त्रिपाठी, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, र उमेश राई लगायत कलाकारको अभिनय रहेको छ।
‘चमेलीको पोइ’ले हाँस्य रस मिसिएको पारिवारिक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जुन नयाँ पात्र र शैलीसहित दर्शकलाई मनोरञ्जन दिने लक्ष्यमा निर्माण गरिएको जनाइएको छ।
Comment