एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायीक होमस्टेमा १० प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच यस बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुन्छ ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।