प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै । बिहीबार (साउन १ गते) प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। कम्पनीले आगामी साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि भोलि साउन २ गते एक दिनका लागि बुक क्लोज गर्नेछ।

यस अनुसार, आज ९साउन १० सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले २९औं वार्षिक साधारण सभा साउन २३ गते, शुक्रबार बिहान ११ बजे, तिनकुनेस्थित प्रभु कम्प्लेक्स, काठमाडौंमा आयोजना गर्नेछ।

सभाले हालको चुक्ता पूँजीमा १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस शेयर वितरणपछि कायम हुने पूँजीको ४७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

त्यसका अतिरिक्त, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरुमा पनि निर्णय गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।