काठमाडौं । सरकारले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ।
असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले कोदोलाई खाद्य तथा पोषण सुरक्षामा योगदान दिने परम्परागत अन्नका रूपमा मान्यता दिँदै यो निर्णय गरेको हो।
सुपर फुड मानिने कोदोबाट ढिंडो, रोटी, रक्सी, मःमः, पिजा, हलुवा लगायत परिकार बनाइन्छ। यसमा प्रोटिन, क्याल्सियम, फस्फोरसलगायत खनिज प्रशस्त पाइन्छ। कोदो मधुमेह, रक्तचाप, कब्जियत, युरिक एसिड, दमलगायत रोगमा लाभदायक मानिन्छ।
Comment