आजदेखि आवास कर्जा सीमा ३ करोड र सेयर कर्जा २५ करोड कर्जा पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनमा आएको छ । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिएको, व्यक्तिगत सेयर कर्जाको सीमा २५ करोड बनाइएको, पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायमलगायत व्यवस्था कार्यान्वयनमा आएका हुन् ।

नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र गर्दै आजदेखिदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।

तर, सेयर धितोमा राखेर पाइने कर्जाको सीमा मार्जिन प्रकृतिका कर्जाको लागि हो । अन्य प्रयोजनको सेयर धितो कर्जामा सीमा छैन । ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

यसअघि आव २०८१/८२ कोे मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिंगल अब्लिगर लिमिट १० करोडबाट १५ करोड बनाइएको थियो । एकल ग्राहक कर्जामा २५ करोडको सीमा लगाइए पनि संस्थागत ऋणीका लागि कुनै सीमा छैन ।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आव २०८२/८३ को मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेका थिए । पौडेलको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाउने लगायत सेयर बजार मैत्री नीतिका कारण सेयर बजारमा ३ दिन उच्च अंकको सुधार आएको छ भने एक दिन घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।