अध्यक्ष पोखरेलद्वारा पदभार ग्रहण, बीमा ऐनको कडाइका साथ पालना गर्ने प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका सेवन्तक पोखरेलले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। अर्थ मन्त्रालयका सहसचिवसमेत रहेका पोखरेललाई नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी दिएको हो।

कार्यभार ग्रहण गर्दै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरूको पूर्ण पालना गर्दै बीमा कम्पनीहरूको प्रभावकारी अनुगमन तथा नियमनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले बीमा क्षेत्रमा स्वच्छता, पारदर्शिता, प्रतिस्पर्धा र विश्वसनीयता कायम गर्दै बीमितको हकहितको संरक्षणमा विशेष ध्यान दिने बताए।

“संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ इमान्दारीपूर्वक काम गरौं,” अध्यक्ष पोखरेलले भने, “बीमा क्षेत्रको भविष्य उज्यालो छ, हाम्रो जिम्मेवारी ठूलो छ।”

उनले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको बीमा सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिने बताए। साथै, बीमा सचेतना बढाउँदै गुणस्तरीय बीमा सेवा उपलब्ध गराउनेतर्फ प्राधिकरण केन्द्रित हुने उनले उल्लेख गरे।

कार्यक्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले नयाँ अध्यक्षलाई स्वागत गर्दै प्राधिकरणले कानुनबमोजिमको दायित्वप्रति पूर्ण प्रतिवद्धता जनाउँदै आएको बताए।

अध्यक्ष पोखरेलको स्वागतमा आयोजित कार्यक्रममा प्राधिकरणका निर्देशक, कर्मचारी तथा पदाधिकारीहरूले खादा, माला र पुष्पगुच्छासहित स्वागत गरेका थिए।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।