काठमाडौं । ट्रेड टावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार नेप्से र कम्पनीबीच प्रतिकित्ता १०० रुपैयाँ दरले ८१ लाख ५६ हजार ०९७ कित्ता सेयर सूचीकृत गर्ने सम्झौता भएको हो।
कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत् साधारण सेयर निष्कासन तथा खुला बिक्री आह्वान गरेको थियो। सो IPO अन्तर्गत सर्वसाधारणका लागि ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक सेयरधनीहरूका लागि ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर वितरण गरिएको थियो।
आईपीओ नेप्सेमा सूचीकृत भएसँगै बुधबार अर्थात् साउन १ गतेबाट यसको सेयर कारोबार सुरु हुने भएको छ। सूचीकृतपछि पहिलोपटक कारोबारमा आउन लागेको ट्रेड टावर कम्पनीको सेयरमा लगानीकर्ताको उत्साहजनक प्रतिक्रिया देखिने अपेक्षा गरिएको छ।
Comment