शेरबहादुर देउवाको भनाइ : लगानीकर्ताका लागि सहज वातावरण बनाउनु अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउनु अनिवार्य भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीमैत्री वातावरण निर्माण नगरेसम्म देशको आर्थिक समृद्धि सम्भव नभएको स्पष्ट पारे।

उनले भने, “लगानी गर्न आउने जो कोहीलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्न सक्ने अवस्था बनाउनुपर्छ। लगानीकर्तालाई दुःख दिने भन्ने कुरा हुनुहुँदैन।”

देउवाले विद्युत उत्पादन, खपत र व्यापार गर्ने जिम्मेवारी सरकारको भए पनि यसमा निजी क्षेत्रको पनि सशक्त सहभागिता आवश्यक रहेको उल्लेख गरे। “उर्जाको विकासका लागि हामी अघि बढ्नैपर्छ,” उनले भने, “प्राकृतिक स्रोतबाट प्राप्त यो बहुमूल्य सम्पत्तिको उपयोग गर्न सके मुलुकको आर्थिक रुपान्तरण सम्भव छ।”

उनले ऊर्जा क्षेत्रलाई नेपालको समृद्धिको आधारका रूपमा उल्लेख गर्दै ग्रिन इनर्जी (हरित ऊर्जा) तर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। “हरित ऊर्जामा ध्यान केन्द्रित गर्न सके हाम्रो भविष्य उज्यालो हुन्छ,” देउवाले बताए।

कार्यक्रममा देउवाले सेयर निष्कासन रोकिएको विषयमा पनि चिन्ता व्यक्त गर्दै धितोपत्र बोर्डले यस विषयमा चाँडै पहल गर्ने विश्वास व्यक्त गरे। उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा निजीकरण र उदार अर्थनीतिले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनका अनुसार, लगानी प्रोत्साहन गरेर मात्र आर्थिक विकास सम्भव छ र यसका लागि सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।