लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ। राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई तीन लाख ७५ हजाररुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिएको हो।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरे।

समारोहमा २०८१ सालमा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई २५ हजार रुपैयाँसहितको चलचित्र पुरस्कार प्रदान गरियो। उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (पुजार सार्की), उत्कृष्ट छायाकार पुरुषोत्तम प्रधान (पीताम्बर), उत्कृष्ट लेखक दिपकराज गिरी (छक्का पञ्जा-५), उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र ‘गालय् वन’ (नेपाल भाषा) लाई प्रदान गर्नुका साथै निर्णायक समितिमार्फत प्रदान गरिने ‘प्रोत्साहन पुरस्कार’ अभिनेता प्रदीप खड्का (पुजार सार्की) लाई प्रदान गरियो।

यस्तै ‘विशेष चलचित्र पुरस्कार’ लिम्बू भाषाको चलचित्र ‘याक्कथुङ’ र मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई प्रदान गरियो । यी दुई चलचित्रले जनही नगद राशि दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।