एशियन लाईफ इन्स्योरेन्सकाे सत्रौं वार्षिक साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सोमबार बाराको सिमरास्थित होटल ईच्छामा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बहुमतले पारित गरिएको छ।

सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको प्रतिवेदन सभाले अनुमोदन गर्नुका साथै सोही आर्थिक वर्षको संचित मुनाफाबाट ५.१० प्रतिशतले हुनेरु १७ करोड ३३ लाख ९१ हजार ६५२ बराबरको बोनस सेयर र बोनस तथा नगद लाभांश बापतको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतले हुने रु ९१ लाख २५ हजार ८७६ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

सभाले आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत एनएफआरएस बमोजिमको वित्तीय विवरण पनि छलफलसहित पारित गरेको छ।

साधारण सभाले सञ्चालक समितिको पुनर्गठनसमेत गरेको छ। संस्थापक समूह ‘क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण समूह ‘ख’ बाट शौरभ रुंगटा र शिला राजभण्डारी सञ्चालक पदमा निर्वाचित भएका छन्।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण प्रस्ताव पनि पारित भएको छ। साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत अनुमोदन गरिएको छ।

साधारण सभा सम्पन्नपछि बसेको सञ्चालक समितिको बैठकले दिपक कुमार श्रेष्ठलाई पुनः सञ्चालक समितिको अध्यक्षमा निर्विरोध चयन गरेको छ। सो बैठकले स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनीत गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले आगामी दिनमा सेवा विस्तार र ग्राहक सन्तुष्टि अभिवृद्धिमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।