आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र फ्रन्टलाइन हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्रा.लि. (फ्रन्टलाइन हस्पिटल) बीच नगदरहित हस्पिटलाईजेशन (cashless hospitalization) सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरे।

सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म फ्रन्टलाइन हस्पिटलबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई आकस्मिक अवस्थामा सहज, छिटो र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

सम्झौतापछि आयोजित कार्यक्रममा नायव प्रमुख कार्यकारी रेग्मीले अस्पतालसँग आवद्ध ग्राहकहरुलाई आइजीआईका विविध निर्जीवन बीमा सेवा लिन प्रोत्साहन गरे। उनले फ्रन्टलाइन हस्पिटलले आफ्ना सेवाग्राहीहरुलाई नगदरहित सुविधा दिने कार्यमा अग्रसर हुँदै आएकोमा प्रशंसा व्यक्त गरे।

क्लिनिकल अध्यक्ष डा. न्यौपानेले अस्पतालबाट सेवा लिने सन्तुष्ट ग्राहकहरुको संख्या बढ्दै गएको बताउँदै बीमा सेवामार्फत थप सहजीकरण हुने विश्वास व्यक्त गरे। उनले आइजीआईसँगको सहकार्यले सेवा गुणस्तरमा सुधार हुने र दुवै संस्था लाभान्वित हुने बताए।

उक्त सहकार्यले बीमा र स्वास्थ्य सेवा क्षेत्रको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।