बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन्।

बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।

सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन्।

ओझामाथि फर्जी कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएको गम्भीर आरोप लागेको छ। सो विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि छानबिन गरिरहेको छ।

सरकारले छानबिन समितिलाई यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।