रास्वपाजस्तो सहकारी ठगेर हस्ताक्षर अभियान चलाउँदैनौं: प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा टिप्पणी गरेका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै ओलीले एमालेले कहिल्यै भ्रष्टाचार नगर्ने दाबी गरे।

जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि हस्ताक्षर संकलन अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।”

उनले एमालेलाई कमजोर बनाउन भित्रभित्रै षड्यन्त्र भइरहेको आरोप लगाए। “एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन,” भन्दै कार्यकर्ताहरूलाई भ्रामक प्रचारको पछि नलाग्न निर्देशन दिए।

भेलामा ओलीले पार्टीभित्र केही स्वार्थी समूहले ‘केपी ओलीविनाको एमाले’ बनाउन खोजिरहेको भन्दै असन्तुष्टि जनाए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता सन्दर्भमा संकेत गर्दै उनले पार्टीलाई कमजोर बनाउने कुनैपनि षड्यन्त्र सफल नहुने स्पष्ट पारे।

ओलीले आफ्नो नेतृत्वकालमा देशले विकासमा फड्को मारेको दाबी गर्दै फलामखानी उत्खनन, सुरुङमार्ग निर्माणजस्ता परियोजनाहरू अघि बढाएको स्मरण गरे। उनले पार्टी कार्यकर्तालाई हल्लामा नलाग्न, एकताबद्ध भएर पार्टी सुदृढ बनाउने दिशामा लाग्न आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।