काठमाडौं महानगरको आम्दानी १० अर्ब ३२ करोड, खर्च कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको असार २७ गतेसम्म १० अर्ब ३२ करोड ३० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महानगरले राजस्व संकलनमा सन्तोषजनक प्रगति गरे पनि खर्चको पक्षमा भने पुँजीगततर्फ अपेक्षाकृत न्यून प्रगति देखिएको छ।

महानगरले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको कुल २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बजेटमध्ये असार २५ गतेसम्म जम्मा ५२.१३ प्रतिशत मात्र खर्च गर्न सकेको छ। अर्थात्, कुल १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च गरिएको हो।

उक्त खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख रुपैयाँ अर्थात् छुट्याइएको पुँजीगत बजेटको ४४.७२ प्रतिशत मात्र खर्च भएको छ। यस्तै, चालुतर्फ भने ६ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भई ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको बजेटमध्ये ६३.४२ प्रतिशत खर्च गरिएको महानगरको तथ्यांकमा उल्लेख छ।

महानगरले चालु वर्षमा पुँजीगत क्षेत्रमा १५ अर्ब ६ करोड रुपैयाँ र चालु खर्चका लागि ९ अर्ब ८२ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

राजस्व संकलनतर्फ अपेक्षाकृत प्रगति भए पनि पुँजीगत खर्चमा देखिएको ढिलाइले विकास निर्माणका काममा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। समयमै बजेट खर्च गर्न नसक्नु स्थानीय तहको दीर्घ समस्या बन्दै आएको सन्दर्भमा काठमाडौं महानगरको यस वर्षको खर्च प्रवृत्तिले पुनः त्यही प्रवृत्ति दोहोरिएको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।