मौद्रिक नीति सकारात्मक बनेसँगै सेयर बजारमा उच्च वृद्धि, नेप्से ३१ अंकले उकालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३१.०८ अंकले बढेर २७६२.८८ बिन्दुमा पुगेको छ, जुन १.१३ प्रतिशतको वृद्धि हो।

गएको बिहीबार र बुधबार पनि नेप्सेमा क्रमशः २५.८९ र २२.०४ अंकको वृद्धि देखिएको थियो। यसले पछिल्ला दिनहरूमा बजारमा सकारात्मक लय कायम भइरहेको संकेत गर्छ।

विशेषगरी शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले पुँजी बजारमैत्री धारणालाई समेटेपछि आइतबार बिहानैदेखि बजारमा सकारात्मक संकेत देखिएको हो। गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिन्छ।

आइतबारको प्रिओपन सेसनमा नेप्से सूचक ३५ अंकले उकालो लाग्दै २७९८ बिन्दुसम्म पुगेको थियो। तर, दिनको अन्त्यतिर केही सम्हालिँदै २७६२.८८ मा थामिएको हो।

यस दिन कुल ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिन बिहीबारको ९ अर्ब ५० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।

कारोबारमा सहभागी १५८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९० कम्पनीको मूल्यमा गिरावट आएको छ। बजारमा पुनः सक्रियता देखिन थालेको यो अवस्था मौद्रिक नीतिपछि सेयर बजारमा आएको विश्वास पुनर्स्थापनाको संकेतका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।