वाणिज्य बैंकहरूको नाफा घट्यो, ११ महिनामा ५४ अर्बमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) वाणिज्य बैंकहरूले झन्डै ५४ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ४३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष सोही अवधिमा ५६ अर्ब ७९ करोड ४३ लाख नाफा कमाएका थिए। यस वर्ष बैंकहरूको नाफा ४.९७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा ९ वटा बैंकको नाफा बढ्दा ११ वटाको घटेको देखिएको छ। नबिल बैंक ६ अर्ब ४० करोड रुपैयाँ नाफासहित अग्रस्थानमा रहँदा, ग्लोबल आइएमई बैंक ६ अर्ब ३ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ५ अर्ब ६८ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा छन्।

नाफा वृद्धिको अनुपातमा नेपाल बैंक अगाडि देखिएको छ। बैंकले १८५.२७ प्रतिशतले नाफा वृद्धि गर्दै ३ अर्ब ७ करोड रुपैयाँ कमाएको हो। अन्य उल्लेखनीय बैंकहरूमध्ये एभरेष्ट बैंकले २८ प्रतिशत, एनएमबि बैंकले ९.१८ प्रतिशतले नाफा बढाएका छन् भने प्राइम बैंकको नाफा १८.२९ प्रतिशतले घटेको छ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, प्रभु, कृषि विकास, सिटिजन्स, हिमालयन, एनआईसी एसिया र कुमारी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।

बैंकहरूको समग्र नाफा केही घटेपनि ठूला बैंकहरूले सन्तुलन कायम राखेका छन् भने मझौला र साना बैंकहरूमा दबाब देखिएको छ। राष्ट्र बैंकको तथ्यांकले वाणिज्य बैंकहरूमा प्रतिस्पर्धात्मक नाफा संरचना र जोखिम व्यवस्थापन आवश्यक रहेको संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।