काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीसम्बन्धी विषय झनै औचित्यपूर्ण रूपमा पुष्टि भएको दाबी गरेकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री सहभागी भएको हालैको स्पेन भ्रमणमा देखिएको अवस्थाले आफूसहित पार्टीले उठाउँदै आएको मुद्दा थप पुष्टि भएको बताइन्। “भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे हाम्रो चिन्ता औचित्यहीन होइन भन्ने कुरा यस्ता घटनाबाट झन् प्रमाणित हुँदै गएको छ,” उनले भनिन्।
श्रेष्ठले सरकारसँग यस विषयमा गम्भीर अनुसन्धान र नीतिगत सुधारको माग समेत गरिन्।
Comment