बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता केन्द्रीय बैंकले खिच्ने भएको हो । आर्थिक वर्षको अन्तिमतिर आउँदा निक्षेप लगातार बढिरहेको छ । तर सोहीअनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बैकिङ प्रणालीबाट ६ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरेको रकम मौज्दात छ ।

आइतबार ४ दिनको लागि थप ५० अर्ब प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले पछिल्लो समय ६३ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल गरिरहेकोमा आइतबार ४ दिनको लागि मात्रै बोलकबोल गर्न लागेको हो ।

विगतमा आर्थिक वर्षको अन्तिम सातामा उच्च निक्षेप बढ्न र साउन लागेपछि घट्ने गरेकोले असार असान्तसम्मको लागि केन्द्रीय बैंकले तरलता प्रशोचन गरी साउन लागेपछि बजारमा छोड्न खोजेको देखिन्छ ।

आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ।

राष्ट्र बैंकको २६ असारको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि प्रशोचन भएको रकम ६ खर्ब १२ अर्ब ५५ करोड छ । आइतबार थप ५० अर्ब बोलकबोल हुन लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।