दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा बनेको ४.८६ किमी लामो यो सडक रु ४४ करोड २४ लाख लागतमा समयमै सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मेची–महाकालीसम्म विकासको लहर ल्याउने अभियानमा सरकार सक्रिय रहेको बताए। साथै, दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गरे।
उनले स्वयंसेवी भावनामा आधारित निःशुल्क अनलाइन कक्षाले एसइई नतिजा १३ प्रतिशतले सुधारिएको दाबी गरे। हालैको स्पेन भ्रमणबारे विरोधीहरूले फैलाएको ‘झुटा प्रचार’ प्रति प्रतिक्रिया जनाउँदै उनले त्यसको जवाफ दिनु आवश्यक नरहेको टिप्पणी गरे।
Comment