विम्बल्डनको उपाधिका लागि अल्काराज र सिनर भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विम्बल्डन टेनिस एकलको फाइनलमा कार्लोस अल्काराजले विश्व नम्बर एक यान्निक सिनरको सामना गर्ने भएका छन्। खेल आज राति पौने ९ बजे इंग्ल्यान्डको सेन्टर कोर्टमा हुने छ।

पहिलो सेमिफाइनलमा अल्काराजले टेलर फिट्जलाई चार सेटमा पराजित गरे। खेलको पहिलो सेटमा ६–४ को जित निकालेका विश्व नम्बर दुई अल्काराजले दोस्रो सेटमा राम्रो प्रदर्शन गरेको भए पनि जित दर्ता गर्न सकेनन्।

यो सेट फिट्र्जले ७–५ ले जिते। तर अल्काराजले तेस्रो सेट ६–३ र चौथो सेट टाइब्रेकरमा जितेर फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

दोस्रो सेमिफाइनलमा विश्व नम्बर एक यान्निक सिनरले २४ पटकका ग्राण्ड स्लाम विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराएर इटालियन स्टार पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेका हुन्।

उनले यो खेलको पहिलो दुई सेट समान ६–३ ले जितेको थिए। तेस्रो सेटमा ६–४ को जितसहित फाइनलमा स्थान बनाएका हुन्। महिला एकलमा भने पोल्याण्डकी इगा स्वातेकले जितेकी छन्। विजेताले ३० लाख पाउन्ड पाउनेछन् भने उपविजेतालाई १५ लाख पाउन्ड दिइने छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।