काठमाडौं महानगरको बजेट आज सार्वजनिक हुँदै, करिब २५ अर्बको आकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गर्न लागेको छ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले आज दिउँसो २ बजे नगरसभा आह्वान गर्दै बजेट प्रस्तुत गर्ने निर्णय गरेको हो। बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभा बोलाउने प्रस्ताव पेस गरेका थिए, जुन कार्यपालिका सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए।

स्रोतका अनुसार कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो। बैठकपछिको प्रक्रिया अन्तर्गत नगरसभामा बजेट प्रस्तुत गरिने तयारी गरिएको छ।

महानगरले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकमार्फत बजेटको रूपरेखा तयार गरेको हो। सो समितिको शुक्रबार बसेको बैठकले अनुमानित आय–व्ययको आधारमा बजेट सीमा २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ तोकेको थियो।

नगरसभा बस्नुअघि आज बिहान ९ बजे कार्यपालिकाको अर्को बैठक पनि बस्ने कार्यक्रम रहेको छ। सो बैठकमा बजेटसम्बन्धी अन्तिम तयारी तथा प्रक्रिया टुंगो लगाइनेछ।

काठमाडौं महानगरको चालु वर्षको बजेटमा पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात व्यवस्थापन, स्मार्ट सिटी निर्माण लगायतका प्राथमिकतामा केन्द्रित कार्यक्रम समावेश हुने अपेक्षा गरिएको छ।

नगरबासीले मेयर बालेनको नेतृत्वमा पहिलो कार्यकालको अन्तिम बजेट कस्तो आउने हो भन्ने चासोका साथ हेरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।