एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीका २२ वटै आउटलेटमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सिद्धार्थ हस्पिटालिटीसँग विशेष सम्झौता सम्पन्न गरेको छ।

उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल तथा रेस्टुरेन्टहरूमा विशेष छुटको लाभ उठाउन सक्नेछन्।

सम्झौताका अनुसार, ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा आवास सेवामा अधिकतम २० प्रतिशत र खाद्य तथा पेय सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा मात्र लागू हुने व्यवस्था गरिएको छ।

सिद्धार्थ हस्पिटालिटी अन्तर्गत देशभरका २२ वटा आउटलेटहरूमा छुट सुविधा लागू हुनेछ, जसमा सुदुरपश्चिमदेखि प्रदेश १ सम्मका विभिन्न स्थानहरू समेटिएका छन्। महेन्द्रनगरस्थित ‘सिद्धार्थ होटल न्यू आनन्द’, कैलालीको ‘सिद्धार्थ होटल टिकापुर’ र ‘सिद्धार्थ रिसोर्ट चिसापानी’, भैरहवाको ‘सिद्धार्थ विलासा’, बुटवलको ‘सिद्धार्थ कटेज’, काठमाडौंको बौद्धस्थित ‘सिद्धार्थ बुटिक होटल’, सुर्खेतको ‘सिद्धार्थ सनी रिसोर्ट’, नेपालगञ्जको ‘होटल सिद्धार्थ’ र ‘एस क्याफे’, नारायणघाटको ‘सिद्धार्थ होटल’, चुम्लिङटारको ‘सिद्धार्थ रिभरसाइड रिसोर्ट’, सौराहाको ‘सिद्धार्थ विलासा बन्दास’ लगायतका आउटलेटहरू यस सुविधामा समावेश छन्।

त्यस्तै, तीनकुने, बानेश्वर र धोबीघाटमा रहेका सिद्धार्थ कटेज रेस्टुरेन्टहरू, मेघौलीको ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’, नुवाकोटको ‘सिद्धार्थ वाटर टावर होटल’, ललितपुरको लगनखेलस्थित ‘एस क्याफे’ लगायत अन्य आउटलेटहरूबाट पनि ग्राहकहरूले सो छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंकले बैंकिङ सेवा मात्र नभई जीवनशैलीसँग जोडिएका सुविधाहरू पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले यस्ता सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।