म्याग्दी । म्याग्दीको राहुघाट बेसिनमा रहेका चार जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोड्न चिमखोला–राहुघाट २२० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सुरु गरिएको छ।
१३ किमी लम्बाइको सो प्रसारण लाइनमार्फत ३५ मेगावाटको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोलाको विद्युत आपूर्ति गरिनेछ।
हाल रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन सबस्टेसन पूर्ण नहुँदासम्म अस्थायी रूपमा राहुघाटको स्विचयार्डबाट दाना–खुर्कोट लाइनमार्फत विद्युत प्रवाह गरिनेछ।
तुँदि पावरका अनुसार केही आयोजना पूर्ण निर्माण भइसकेका छन् भने अन्य अन्तिम चरणमा छन्। ३९ टावर रहेको लाइनमार्फत परीक्षणपछि विद्युत केन्द्रीय प्रणालीमा जोडिनेछ।
साथै, परीक्षण अवधिमा टावर र तार नछुन तथा नदी किनारमा सतर्क रहन कम्पनीले आग्रह गरेको छ।
Comment