याडियाको इलेक्ट्रिक स्कुटरमा भारी छुट, हेल्मेट र रेनकोट पनि सित्तैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर लोकप्रिय इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले नेपाली ग्राहकका लागि विशेष छुट अफरसहितको योजना सार्वजनिक गरेको छ। कम्पनीले हाल नेपाली बजारमा २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको याडिया ई ८ एस प्रो स्कुटर अब १ लाख ८५ हजार रुपैयाँमै उपलब्ध गराउने घोषणा गरेको हो। याडियाको आधिकारिक वितरक कुजु नेपालका अनुसार, यो अफर सीमित स्टकका लागि मात्र मान्य हुनेछ। साथै, स्कुटर किन्दा ग्राहकले याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्राप्त गर्नेछन्।

कम्पनीले विश्वभर पाएको सफलताको कदरस्वरूप नेपाली ग्राहकप्रति आभार प्रकट गर्न यो अफर ल्याइएको जनाएको छ। स्टाइल, सुविधा र शक्तिमा अग्रणी मानिने याडिया ई ८ एस प्रो स्कुटरमा ७२ भोल्टको ३८ एएच ग्राफिन ब्याट्री, ३००० वाटको शक्तिशाली मोटर, १२ इन्चको एलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डर सिट स्टोरेज जस्ता विशेषताहरू समावेश छन्। स्कुटरले एक पटकको फुल चार्जमा अधिकतम १५० किमी दूरी तय गर्न सक्ने दाबी गरिएको छ भने यसको टप स्पिड ६० किमी प्रतिघण्टा रहेको छ। साथै, अगाडिको भागमा आकर्षक डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर जडान गरिएको यो स्कुटर वातावरणमैत्री र सुविधासम्पन्न सवारीको खोजीमा रहेका नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।