हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, सिंगापुरमा सम्मानि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले बीमा क्षेत्रका दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। कम्पनीले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ अवार्ड हात पार्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा उद्योगको गरिमा अझ उच्च बनाएको छ।

सिंगापुरमा जुलाई ९ मा सम्पन्न विशेष कार्यक्रममा एचइआईलाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त स्वयं सहभागी भई अवार्ड ग्रहण गरेका थिए।

एशिया प्यासिफिक क्षेत्रकै एक अत्यन्त प्रतिष्ठित बीमा अवार्डको रुपमा लिइने यी सम्मानहरुले कम्पनीको नवप्रवर्तनशील सोच र व्यवसायिक नेतृत्व क्षमतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ।

यसअघि पनि एचइआईले अन्तर्राष्ट्रियस्तरमा विभिन्न अवार्डहरू प्राप्त गरिसकेको छ। सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर अवार्ड प्राप्त गरिसकेको थियो।

अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भने, “यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो। हामीले हाम्रा ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी अत्यन्त गर्वित भएका छौं।”

निर्देशक पन्तले पनि यस्तो अन्तर्राष्ट्रिय सम्मानले आगामी दिनमा कम्पनीलाई अझ जिम्मेवार र सशक्त रुपमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणले हिमालयन एभरेष्ट इन्स्योरेन्सले लगातार अन्तर्राष्ट्रिय प्रशंसा बटुल्दै आइरहेको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।