काठमाण्डौ टावरको निर्माण नरोक्न उच्च अदालत पाटनको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाटन उच्च अदालतले काठमाण्डौको पुरानो बसपार्कस्थित काठमाण्डौ टावरको निर्माण कार्य नरोक्न नपाइने आदेश दिएको छ।

काठमाण्डौ महानगरपालिकाको निर्णयविरुद्ध ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स अदालत पुगेपछि न्यायाधीश प्रकाश खरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै निर्माण कार्य यथावत् राख्न निर्देशन दिएको हो।

निर्माण कम्पनीले आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको, महानगरबाट नक्सा स्वीकृति लिइसकेको, निर्माण दस्तुर तिरेको तथा अधिकृत अनुमति अनुसार नै तला थप्ने कार्य भइरहेको हुँदा निर्माण कार्यलाई निरन्तरता दिनु उचित हुने ठहर हुने आदेशमा भनिएकाे छ। २०८१ माघ ९ गते काठमाण्डौ महानगरपालिकाले पत्र पठाई काठमाण्डौ टावरको निर्माण रोक्न आदेश दिएको थियो भने त्यसका विरुद्ध बिल्डर्स कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो।

यो आदेश एकपक्षीय सुनुवाइका आधारमा दिइएको अन्तरिम आदेश भएकाले, काठमाण्डौ महानगरपालिका चाहेमा पुनरावलोकन (खारेजी) माग गर्दै अर्को निवेदन दिन सक्ने प्रावधान खुला छ।

यस टावरलाई सुरुमा १२ तलाको स्वीकृति दिइएको भए पनि पछि १९ तला निर्माणको अनुमति दिइएको भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। यही विषयलाई लिएर काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति गठन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।