मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकद्वारा पूर्व गभर्नरसँग छलफल, को–को भए सहभागि?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गर्दै गरेको नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरहरुसँग छलफल सम्पन्न गरेको छ ।

बुधबार काठमाडौंमा सम्पन्न उक्त छलफलमा पूर्व गभर्नरहरू डा. तिलक रावल, दीपेन्द्र पुरुष ढकाल, गणेशबहादुर थापा, महाप्रसाद अधिकारी, भेषबहादुर थापा र चिरञ्जीवी नेपाल सहभागी थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिका प्राथमिकता निर्धारण गर्न राय सुझाव संकलन गर्न पूर्व गभर्नरहरुसँग परामर्श गरेको हो । छलफलका क्रममा सहभागीहरूले विशेष गरी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने खालका नीतिगत व्यवस्था र मार्गचित्र तय गर्न सुझाव दिएका थिए ।

बाह्य क्षेत्र सन्तोषजनक रहेको उल्लेख गर्दै पूर्व गभर्नरहरूले आन्तरिक बजारको माग अभिवृद्धि गर्ने र कर्जा प्रवाह विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।