काठमाडौं । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिएका हुन् ।
मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमन्त्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए।
Comment