सरकारको नयाँ मापदण्ड: ट्याक्सी अब साधारण, डिलक्स र लक्जरी तीन वर्गमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपालमा चल्ने ट्याक्सीलाई नयाँ राष्ट्रिय मापदण्ड २०८१ अनुसार तीन वर्गमा विभाजन गरी कार्यान्वयनमा ल्याएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख ३० गतेदेखि लागू गरेको यो मापदण्डअनुसार ट्याक्सीलाई साधारण (O), डिलक्स (D) र लक्जरी (Y) गरी वर्गीकरण गरिएको छ।

सबै ट्याक्सीमा एबीएस ब्रेक, एयर ब्याग, सिट बेल्ट, हाई स्पीड अलर्ट, डिजिटल भाडा मिटर, जीपीएस प्रणाली र विशेष रंगको स्टिकर तथा छतमा यात्रु अवस्थालाई जनाउने हरियो, रातो र सेतो बत्ती अनिवार्य गरिएको छ।

साधारण ट्याक्सीमा न्यूनतम १,००० सीसी वा सो बराबर विद्युतिय क्षमता, १६० लिटर बुट स्पेस र आधारभूत सुविधा रहनेछ भने डिलक्समा १,२०० सीसी वा सो बराबर इन्जिन, टचस्क्रिन डिस्प्ले, अटो झ्याल र वातानुकूलन प्रणाली रहनेछ। लक्जरी ट्याक्सीमा भने २,००० सीसी वा सोभन्दा माथिको इन्जिन, वाईफाई इन्टरनेट, कप होल्डर, हेडरेष्ट र विद्युतीय उपकरण चार्ज गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

डिलक्स ट्याक्सीले साधारण भन्दा २० प्रतिशत र लक्जरीले १०० प्रतिशत बढी भाडा लिन सक्नेछन्। मापदण्ड अनुसार यात्रु नहुँदा हरियो, हुँदा रातो र अफ ड्युटी हुँदा सेतो बत्ती बाल्नुपर्ने व्यवस्था छ।

पूर्वमा दर्ता भइसकेका ट्याक्सीहरू पनि नयाँ मापदण्ड पुरा गरी डिलक्स वा लक्जरी वर्गमा स्थानान्तरण गर्न सक्नेछन्। सरकारले यस मापदण्डमार्फत ट्याक्सी सेवामा गुणस्तर र सुरक्षा अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।