बोशको ‘हाम्रो बोश’ डिजिटल लोयल्टी कार्यक्रम नेपालमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जर्मन अटोमोटिभ कम्पनी बोशले नेपाली मेकानिक्सलाई लक्षित गर्दै ‘हाम्रो बोश’ डिजिटल लोयल्टी कार्यक्रम सुरु गरेको छ। नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलको सहकार्यमा सोमबार आयोजित कार्यक्रममा उक्त कार्यक्रम घोषणा गरिएको हो।

कार्यक्रममा १५० भन्दा बढी सहभागी रहेका थिए, जसमा स्थानीय वितरक, मेकानिक्स तथा बोश भारतका अधिकारी सहभागी थिए। एपमार्फत मेकानिक्सले बोश स्पेयर पार्ट्सको प्रयोग गरी अंक ट्रयाक र रिडिम गर्न सक्नेछन्।

बोशका अधिकारीहरूले नेपाललाई महत्वपूर्ण बजारको रूपमा उल्लेख गर्दै कार्यक्रमले स्थानीय ग्यारेजमा ओरिजिनल पार्टपुर्जाको प्रयोग बढाउने विश्वास व्यक्त गरे। सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले डिजिटल प्रविधिमार्फत बजार विस्तारमा कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।