भोटेकोशी बाढीः उद्धार र राहतका लागि सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । असार २४ गते मंगलबार बिहान भोटेकोशी नदीमा आएको भिषण बाढीले चीन जोड्ने उत्तरी नाका लगायत त्यस आसपासका भौतिक संरचनाहरु बगाएको छ । साथै ठूलो धनजनको क्षती पुर्याएको छ । उक्त क्षती पुर्याएकोले समयमा नै उद्धार तथा राहत कार्यमा सक्रिय परिचालनका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग माग गरेको हो ।

मितेरी पुल लगायत बाटो तथा भौतिक संरचनाहरु बाढीले बगाउँदा सयौँ संख्यामा व्यवसायीहरुको मालवाहक कन्टेनर बगाई ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुले ल्याएको सामान सुरक्षित स्थानमा राख्न महासंघले सरकार समक्ष माग गरेको छ ।

यस प्राकृतिक विपद्मा फसेका व्यक्तिको उद्धार र घाइतेहरुको यथाशिघ्र उपचार साथै हराएका व्यक्ति खोजतलास गर्न सकेत महासंघले माग गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।