काठमाडौं । फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको ‘त्यो मिठो जोवन’बोलको गीत डान्सिङ प्याटनको छ। दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाँचेका छन्।
फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
Comment