टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीलाई विशेष अदालतले २ लाख धरौटी माग गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि २ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको हो ।

टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नेपाल टेलिकमको बिलिङ सम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (एएमसी)का क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनी लगायतमाथि मुद्दा दायर गरेको हो ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।