रसुवागढी जलविद्युत्मा फसेका २३ जना कामदारको नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल–चीन सिमानामा पर्ने रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

लेन्डे खोलाबाट सुरु भएर भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको जलविद्युत् आयोजनास्थलमा ती कामदारहरू फसेका थिए। बाढीको जोखिमपूर्ण अवस्थाबीच नेपाली सेनाको हेलिकप्टर, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको समन्वयमा उद्धार गरिएको हो।

उद्धार कार्यमा नेपाली सेनाको धादिङस्थित नं. ६ बाहिनी अड्डा र रसुवास्थित श्रीनाथ गणबाट थप फौज परिचालन गरिएको सेनाले जनाएको छ।

गंभीर बाढीका कारण सम्पर्कविहीन बनेका क्षेत्रहरूमा अहिले पनि सेनाको टोलीले खोज र उद्धार कार्य तीव्र बनाएको जानकारी दिइएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रियतामा थप उद्धार सम्भावनाहरूको पहिचान भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।