सर्वसाधारणका लागि हिम स्टार उर्जाको आईपीओ आवेदन खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबारबाट खुला गरेको छ। कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबर हुन्छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेपछि अब सर्वसाधारणले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि यस अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद साउन ६ गतेसम्म थपिनेछ।

निवेशकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरिसकेको छ।

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिनका लागि सी-आस्वा सेवा लिएका बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।