रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा। रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।

मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा अकस्मात आएको बाढीमा परी १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्दारका लागि खटिएका मध्ये प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुनन ठाकुर र लोकेन्द्र बोहरा समेत रहेका छन् ।

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडक भासिएका कारण धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।यस्तै, बाढीले गोसाइँकुण्ड–२ स्थित इभी चार्जिङ स्टेशनमा क्षति गर्दा त्यहाँ रहेका ७–८ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवा हाइड्रोपावरको ड्याममा क्षति भएको प्रहरीले जनाएको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।