भोटेकोसी नदीको बाढीले रसुवामा ११ जना बेपत्ता, उद्धार कार्य जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । आज बिहान अचानक आएको भोटेकोसी नदीको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नजिक टिमुरेस्थित भन्सार क्षेत्रको यार्डमा पार्किङ गरेर राखिएका गाडीहरूमा रहेका ११ जना मानिस बेपत्ता भएका छन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले भन्सार क्षेत्रको ठूलो भाग क्षतिग्रस्त बनाएको छ। “रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएका गाडीमा रहेका ११ जना बेपत्ता भएको खबर प्राप्त भएको छ,” उनले जानकारी दिए।

हाल उद्धार टोली बेपत्ता भएकाहरूको खोजीमा खटिएको छ भने क्षतिको विस्तृत विवरण संकलन कार्य पनि भइरहेको छ। प्रशासन, सुरक्षाकर्मी, तथा स्थानीयवासीहरू उद्धारमा सक्रिय छन्।

भोटेकोसीको जलसतह अझै पनि उच्च रहेको र जोखिम कायमै रहेकाले नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। थप विवरण आउन बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।