काठमाडौं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रूपमा नयाँ इलेक्ट्रिक कार ‘केयी ई–क्यूट ०२’ नेपाली बजारमा सार्वजनिक गरेका छन्। कम्पनीले यो कार नेपाली बजारमा आक्रामक मूल्य रु २० लाख ९६ हजारमा उपलब्ध गराउने घोषणा गरेको छ। यो मूल्य निर्धारणले केयी ई–क्यूट ०२ लाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र सुविधायुक्त इलेक्ट्रिक गाडीमध्ये एक बनाएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार सुविधा, सुरक्षा र मूल्यको सन्तुलित संयोजनले गर्दा यो कार नेपाली ग्राहकका लागि एक आकर्षक र व्यवहारिक विकल्प बन्ने विश्वास गरिएको छ। केयी ई–क्यूट ०२ मा स्टाइलिश र आधुनिक डिजाइनसहितका विभिन्न स्मार्ट विशेषताहरू समावेश छन्। कारमा कन्सिल्ड डोर ह्यान्डल, १५ इन्चका टायर, इन्टरमिटेन्ट वाइपर जस्ता सुविधाले यसलाई व्यावसायिक रूपमा आकर्षक बनाएको छ।
यसैगरी, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीसहित उन्नत कनेक्टिभिटी र नियन्त्रण सुविधा पनि उपलब्ध छ, जसले यात्राको अनुभवलाई अझ सहज र आधुनिक बनाउने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई सुरक्षित, आरामदायी र स्मार्ट विकल्पको रूपमा प्रस्तुत गर्दै नेपाली ई–भी बजारमा नयाँ सम्भावना थपेको दाबी गरेको छ।
Comment